24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

४.०१ प्रतिशत आर्थिक वृद्धिदर भेटाउन मुस्किल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्षमा आर्थिक वृद्धिको लक्ष्य भेट्न मुस्किल हुने बताएका छन् । आर्थिक सर्वेक्षण २०७७र७८ सार्वजनिक गर्दै उनले कोभिड(१९ले अर्थतन्त्रमा आएको सुस्तताले यस्तो अवस्था आएको बताएका हुन् ।

नेपालको २०७६र७७ मा आर्थिक वृद्धिदर २।१२ प्रतिशत ऋणात्मक थियो । चालुमा ४।०१ मा रहने भनिएकोमा अब आर्थिक वृद्धिदर चूनौतीपूर्ण रहेको अर्थमन्त्री पौडेलको भनाइ छ । यसअघि केन्द्रिय तथ्याङ्क विभागले चालु आवमा ४।०१ प्रतिशत आर्थिक वृद्धि हुने अनुमान गरेको थियो । त्यसअघि बजेट ७ प्रतिशतको हारामारीमा आर्थिक वृद्धि हुने अनुमान गरेको थियो ।

कार्यक्रममा अर्थ सचिव शिशिरकुमार ढुंगानाले निषेधाज्ञा अघिसम्म अर्थतन्त्रको वृद्धिदरले विगतको भन्दा राम्रो गति लिएको दावी गर्दै अहिले त्यसले समस्या पैदा गरेको बताए ।

‘मध्यावधि समीक्षामा करिब ५ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरेका थियौं, तर निषेधाज्ञाले समस्या गर्‍यो, उनले भने ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स