24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

प्रभु बैंकले ४ अर्बको ऋणपत्र बिक्री गर्दै, कति छ ब्याजदर ?

काठमाडौं । प्रभु बैंकले ४ अर्ब रुपैयाँको ऋणपत्र बिक्री खुला गर्ने लागेको छ । बैंकले बार्षिक ८।५ प्रतिशत ब्याजदरमा ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जेठ ११ गते मंगलबार देखि बिक्री खुला गर्ने पक्का भएको हो । प्रभुले १० वर्ष अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८७’ नामक ऋणपत्र जारी गर्न लागेको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो । जसमा २५ सय इकाई ऋणपत्र म्युचुअल फन्डलाई बाँडफाँड भइसकेको छ भने २४ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ । बाँकी १६ लाख ७७ हजार ५०० इकाईमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा मेगा क्यापिटल रहेको छ । बैंकको ऋणपत्रमा जेठ १६ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने जेठ २६ गतेसम्म खुला रहनेछ । न्यूनतम २५ इकाईदेखि अधिकतम १० लाख इकाईसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स