26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कांग्रेसका सुर्खेत जिल्ला सभापति महाधिवेशन प्रतिनिधिमै पराजित

काठमाडौं । नेपाली कांग्रेस सुर्खेतका जिल्ला सभापति कमलराज रेग्मी महाधिवेशन प्रतिनिधिमै पराजित भएका छन् । सभापतिमा दोहोरिने तयारी गरेका रेग्मी सुर्खेत निर्वाचन क्षेत्रनम्बर २ बाट महाधिवेशन प्रतिनिधिमै पराजित भएका हुन् ।

पार्टीभित्र वरिष्ठ नेता रामचन्द्र पौडेल समूहनिकट रहेका उनले ३२० मत मात्रै पाएका छन् ।

सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्का र केन्द्रीय सदस्य हृदयराम थानीले छुट्टाछुट्टै प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका थिए । १४ औं महाधिवेशन अन्तर्गत वडाअधिवेशनदेखि नै थानी निकट समूह सुर्खेतमा कमजोर देखिएको छ । जिल्ला सभापति रेग्मी केन्द्रीय सदस्य थानी निकट हुन् ।

सुर्खेत २ बाट महामन्त्री खड्का भाइ विष्णुबहादुर खड्का महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् । उनले ५०० मत पाएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स