26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कात्तिक २५ गतेभित्र वडा र पालिका अधिवेशन सम्पन्न गर्न एमालेको निर्देशन

काठमाडौं । नेकपा एमालेले बाँकी रहेका वडा र पालिका अधिवेशन आगामी कात्तिक २५ गतेभित्र सम्पन्न गरिसक्न निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी कात्तिक २५ भित्र बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् । अध्यक्ष ओलीले आइतबार अन्तर पार्टी निर्देशन जारी गर्दै बाँकी रहेका वडा र पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिएका हुन् ।

यसअघि एमालेले गत कात्तिक ६ गते देशभरका वडा र ९ गते पालिका अधिवेशन गरेको थियो । त्यसक्रममा कतिपय जिल्लाका वडा र पालिकामा बाढी, पहिरो र डुबानका कारण रोकिएको अधिवेशन २५ गते भित्र सम्पन्न गर्न एमालेले निर्देशन दिएको हो ।

एमालेले मंसिर १० देखि १२ मा चितवनमा दशौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्दैछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स