30.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

तिहारमा सुरक्षा व्यवस्था थप कडा बनाउन गृहमन्त्रीको निर्देशन

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं गृहमन्त्री बालकृष्ण खाँडले तिहारका बेला सुरक्षा व्यवस्था थप कडा बनाउन निर्देशन दिएका छन् । तिहारजस्ता ठूला चाँडबाडमा हुन सक्ने लुटपाट लगायत अप्रिय घटना नियन्त्रण गर्न उक्त निर्देशन दिइएको हो ।

सोमबार सिंहदरबारमा सरकारको केन्द्रीय सुरक्षा समितिको बैठक बसेको थियो । सो बैठकमा खाँडले चाडपर्वका बेला हुन सक्ने आपराधिक घटनाहरु नियन्त्रण गर्न मुलुकको समग्र सुरक्षा व्यवस्था थप बलियो बनाउन भनेका हुन् ।

साथै कोरोना भाइरसको जोखिम कायमै रहेकाले चाडबाडका बेला भीडभाड कम गरेर कोरोना नियन्त्रणमा समेत ध्यान दिन गृहमन्त्री खाँडले आग्रह गरे । उनले स्वास्थ्य मापदण्ड पालनामा कडाइ तथा संक्रमण बढ्न नदिने विषयमा सबै निकायको ध्यानाकर्षण गराए ।

उक्त बैठकमा रक्षामन्त्री डा मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री डा नारायण खड्का, स्वास्थ्यमन्त्री विरोध खतिवडा लगायत सबै सुरक्षा निकायका प्रमुखहरु सहभागी थिए ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स