29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

डुङ्गा पल्टिएर कर्णालीमा एक युवती बेपत्ता

सुर्खेत । कर्णाली नदीमा डुङ्गा पल्टिँदा पश्चिम सुर्खेतकी एक युवती बेपत्ता भएकी छिन् । कैलालीको मोहन्याल गाउँपालिकातर्फ जाने क्रममा आज बिहान डुङ्गा पल्टिँदा चौकुने गाउँपालिका– १० घाटगाउँकी १८ वर्षीया अनिता नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

सुर्खेतको चौकुने गाउँपालिका– १० र कैलालीको मोहन्याल गाउँपालिका– ३ को सिमानामा पर्ने कर्णाली नदीमा डुङ्गा पल्टिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले डुङ्गामा सवार छ जनामध्ये पाँच जना पौडिएर ज्यान जोगाउन सफल भएका बताउनुभयो ।

डुङ्गामा एक पुरुष र पाँच महिला यात्रु सवार थिए । दसैँमा घर लिपपोतका लागि कमेरो र रातो माटो लिन उनीहरु मोहन्याल गाउँपालिकामा पर्ने सोल्टा भन्ने स्थानतर्फ लागेको बताइएको छ ।

यसअघि साउन २१ गते सोही स्थानमा डुङ्गा पल्टिँदा बेपत्ता भएका दुई जनाको शव अझैं फेला परेको छैन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स