24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुद्धारा शपथ ग्रहण

बुटवल । लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । आइतबार मन्त्रिपरिषद् विस्तार गरेका प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् ।

सत्ता गठबन्धन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेकाहरुलाई मुख्यमन्त्री शेरचनले सपथ ग्रहण गराएका छन् । कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउद्दिन खाँले मन्त्रीको सपथ ग्रहण गरेका छन् ।

कांग्रेसकै ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठ र पर्यटन राज्यमन्त्री रिना नेपाल विकले पनि शपथ ग्रहण गरेका छन् । माओवादीबाट स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारु, आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले शपथ ग्रहण गरेका छन् ।

उनीहरुसँगै स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री विमला खत्री वली र कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था राज्यमन्त्री सुष्मा यादवले पनि सपथ ग्रहण गरेका छन् ।

नेकपा एकीकृत समाजवादीकी रमा घर्तीले कानून, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीको शपथ ग्रहण गरेकी छन् । आइतबार मुख्यमन्त्री शेरचनले लुम्बिनीमा १७ सदस्यीय मन्त्रिपरिषद विस्तार गर्न सफल भएका छन्

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स