24.1 C
Kathmandu
Friday, July 26, 2024
spot_img

बाढीले मुहान बगाएपछि खानेपानी समस्या

इलाम/ पश्चिम इलामको माङसेबुङ गाउँपालिका–२ इभाङमा बाढीले मुहान क्षति पुर्‍याएपछि पिउने पानीको समस्या भएको छ ।

मुसलधारे वर्षा र बाढीले खानेपानीको मुहानमा क्षति भएपछि स्थानीय २ सयभन्दा धेरै घरपरिवारलाई पिउने पानीको समस्या भएको हो। तामाखोलामा आएको बाढीले सोही खोलाबाट सञ्चालित विभिन्न ३ वटा र निर्माणाधीन एउटा खानेपानी आयोजनाको कलेक्सन च्याम्बर र पाइपलाइन क्षतिग्रस्त बनाएको छ ।

मुहानको कलेक्सन च्याम्बर र पाइपलाइनमा नै क्षति भएपछि खानेपानीको चरम अभाव सिर्जना भएको वडाध्यक्ष पुष्पराज कार्कीले जानकारी दिए । ‘तत्काल जरुवा पानीको भर पर्नुपरेको छ,’ उनले भने, ‘बाढीले ठूलो क्षति गराएकाले योजनालाई पुनः सञ्चालन गर्न केही समय लाग्छ ।’ सुनगाभा विकास संस्थाको सहयोगमा सञ्चालित दुई र युनिसेफको सहयोगमा सञ्चालित एउटा तामाखोला ग्रामीण खानेपानी तथा सरिफाइ आयोजनाको मुहान क्षतिग्रस्त बनेका छन् ।
वडाध्यक्ष कार्कीका अनुसार १ ट्र्याक्टरभन्दा धेरै पाइप बाढीले बगाएको छ । कलेक्सन च्याम्बर भत्किएका र पुरिएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स