30.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

रोल्पामा पहिरोले घर पुरिँदा हजुरआमा र नातिको मृत्यु

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौँ । रोल्पामा पहिरोले घर पुरिँएर एकै घरका दुई जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका –१० थवाङमा गए राति पहिरोले घर पुरिँदा ५ वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीका अनुसार मृत्यु हुनेमा ७० वर्षीया वृद्धा गौरी थापा र उनका नाति छन् । बालकको परिचय खुल्न नसकेको सुवेदीले जानकारी दिए ।

राति करिब २ बजे करिब दुई सय मिटर माथिबाट आएको पहिरोले घर पुर्दा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा घरमुली पूर्णबहादुर थापासहित दुई जना सामान्य घाइते भएका छन् ।

बालकको शव राति नै भेटिए पनि वृद्धाको भने बिहान भेटिएको प्रहरीले जनाएको छ । पहिरोले एक घर पूर्ण रूपमा र दुई घरमा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

यस्तै रोल्पाकै सुलिन स्मृति गाउँपालिका–२ सुनिचौरमा मर्मतका लागि राखेको रोल्पा सनलाइट बोडिङ्ग स्कुलको बस फगाम खोलाले बगाएको प्रहरीले जनाएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स