29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

थप १ हजार ८९७ जनामा कोरोना संक्रमण, १ हजार ७४३ जना संक्रमणमुक्त, २० को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ११ हजार ६ सय ९ पीसीआर परीक्षण गर्दा १ हजार ४८८ जना र ४ हजार ३७० एन्टिजेन परीक्षण गर्दा ४ सय ९ गरी १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७४३ जना निको भएका छन् । सोमबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७० हजार ७७९ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ भने ७ लाख २८ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३० हजार ९७३ जना रहेका छन् । जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा रहेका छन् भने २ ६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ५१२ जना आईसीयू र १६३ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

यस्तै १० वर्ष मुनिका ३० बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १ सय ९ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ४१८, चितवनमा १५६, झापामा १२५, कास्कीमा १२४ र भक्तपुरमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ८७, मोरङमा ६८, सुनसरीमा ४८, रुपन्देहीमा ३३, नवलपरासी पुर्वमा ३२ जनामा कोरोना संक्रमण देखिएको छ भने मकवानपुरमा २९, काभ्रेपलाञ्चोकमा २८, कैलालीमा १९, धादिङमा १६, बागलुङमा १४, नुवाकोटमा १३, स्याङजा र बाँकेमा १२र१२ जना, गुल्मीमा ११ र कञ्‍चनपुरमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स