24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा एक सातादेखि हवाई उडान ठप्प

सोलुखुम्बु । निरन्तरको बर्षातका कारण तेन्जिङ हिलारी विमानस्थल लुक्लामा सात दिनदेखि हवाई उडान ठप्प हुँँदा लुक्ला सहित आसपासका क्षेत्रमा तरकारी तथा फलफूलको अभाव भएको हो ।

सोलुखुम्बुको पर्यटकीय क्षेत्र लुक्लामा बाक्लो कुहिरो सहितको वर्षाका कारण हेलिकोप्टर तथा जहाजले आठ दिनयता उडान भर्न नसक्दा मासु, अण्डा, तरकारी सहित फलफूल भित्रिन नपाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका प्रमुख मुकेशराज दहालले जानकारी दिनुभयो ।

भदौ ३ गते यता कुनै उडान हुन नसक्दा अन्य खाद्यान्न यसअघि भण्डारण गरेर राखिएकाले समस्या नभए पनि तरकारी तथा फलफूलहरु भने भण्डारण गर्न नमिल्ने भएकाले समस्या भएको स्थानीय होटल ब्यवसायी तोया श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार तरकारी त्यस क्षेत्रमा उत्पादन नहुने र सडक यातायातको पहुँच नपुगेकाले ताजा तरकारी, मासु, अण्डा, फलफुलका लागि हवाई सेवामै भर पर्नु परेको हो ।

पर्यटकीय सिजन नभएपनि फाटफुट पर्यटक आउनेका लागि होटलहरुमा सेवा दिन समस्या हुन थालेको होटल व्यवसायीहरुले बताएका छन् । उडान नहुँदा करिब ३० जना भन्दा बढी यात्रु लुक्लामै रोकिएको नेपाल नागरिक उड्ययन कार्यालय लुक्लाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स