26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

दुई दिनयता बर्षकै सबैभन्दा भारी वर्षा,अझै केही दिन जारी रहने

काठमाडौं । दुई दिनयता यस वर्षकै सबैभन्दा भारी वर्षा भएको छ । यसअघि दुई महिनाको मनसुन अवधिमा पूर्वानुमान गरिएअनुसार सरदरकै आसपासमा वर्ष भएको थियो ।

तेस्रो महिनाको मध्यतिर आइपुग्दा नेपालमा यस वर्षकै भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागको जलवायु विश्लेषण शाखाले औँल्याएको छ । शाखा प्रमुख मौसमविद् इन्दिरा कँडेलका अनुसार १३ वटा वर्षा मापनकेन्द्रमा अति भारी वर्षा भएको देखिएको छ । अति भारी वर्षा रेकर्ड भएका स्थान पूर्वी र पश्चिम नवलपरासी, रुपन्देही, कपिलवस्तु, सिन्धुली, चितवन र धनुषाका वर्षा मापनकेन्द्र रहेका छन् ।

उहाँले दिनुभएको जानकारीअनुसार दुई दिनयता सबैभन्दा धेरै वर्षा नवलपुरमा भएको छ । त्यहाँको बतासास्थित वर्षा मापनकेन्द्रमा ४३४.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो ।

यस्तै केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ ।

आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । अविरल वर्षाका कारण साना ठूला खोला तथा नदीमा बाढीको सम्भावना बढेको छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम उतिकै रहेको छ । तराईका विभिन्न ठाउँ डुवानमा परिरहेका छन् । राजमार्गहरू अवरुद्ध भैरहेका छन् ।

पहाडी भूभागमा भू-क्षय र साना-ठूला बाढीपहिरो गैरहेकोले नदीमा पानीको बहाव बढ्न सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सूचित गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स