26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

हुम्लाको खार्पुनाथ गाउँपालिकाका दश घरधुरी पहिरोको उच्च जोखिममा

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–२ थालीको झोबन्ना र भात्खानका गरी १० घरधुरी पहिरो खस्ने डरको उच्च जोखिममा छन् । दुई दिनको लगातारको वर्षाले झोबन्नाका छ र भात्खानका चार वटा घर उच्च जोखिममा रहेको स्थानीयवासी हरिबहादुर रावलले बताए ।

मङ्सिरदेखि चैतसम्म बसोबास हुने यस क्षेत्रमा गाउँको माथि पट्टिबाट पहिराको लेदो बग्न थालेको रावलले बताए । गाउँको माथिपट्टि खेतीयोग्य जमीन रहेकाले माथिबाट बगेर आउने पानीले लेदो बनाएर बगेर आउँदा घरहरू पहिराको जोखिममा परेका हुन् । यो समय झोबन्ना र भात्खानमा गाईवस्तु पालनपोषणका लागि लैजाने हो ।

उक्त क्षेत्रमा वडा नं २ का १० घरपरिवार बसोबास गर्दै आएको छ । यो क्षेत्रमा बस्तीमाथि जताततै भिरालो र भिर भएकाले थप जोखिम बढेको हो । उक्त क्षेत्रमा सिंह रावल, कर रावल, माने रावल, अज रावल, लब छत्याल, नैनबहादुर छत्याल, कुस छत्याल बिर्ख छत्याल, डिल्ली रावल, छत्त रावल, बुदे रावल, भगर रावललगायतका परिवार बसोबास गर्दै आएको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स