25.5 C
Kathmandu
Saturday, September 30, 2023

आजदेखि जोन्सन एन्ड जोन्सन र भेरोसेल खोप लगाइँदै (सूचीसहित)

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप अभियान पुनः आजदेखि सञ्चालन हुँदैछ । खोप अभियान अन्तर्गत आज मंगलवार देखि प्राथमिकताका आधारमा खोप लगाइने भएको हो ।

चीन र अमेरिकाबाट प्राप्त कोरोनाविरुद्धको खोप प्राथमिकताका आधारमा सार्वजनिक यातायातका चालक र सहचालक, विश्व विद्यालयका प्राध्यापक, शिक्षक र विदेशी शरणार्थीसहित ५० देखि ६० वर्ष उमेर समूहका नागरिकलाई लगाउन शुरू गर्न लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

५५ देखि ६० वर्षसम्मको उमेर समूहलाई चिनियाँ ‘भेरोसेल’ खोप लगाइने भएको मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले बताउनुभयो । यस्तै खोप लगाउन छुटेका ६० देखि ६४ वर्ष उमेर समूह र विश्वविद्यालयका प्रध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालकलाई पनि यो खोप लगाउन लागिएको हो ।

मन्त्रालयका अनुसार प्राथमिकतामा परेर पनि पहिले लगाउन बाँकी स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारले समेत यसअघि तोकिएका केन्द्रबाटै खोप लगाउन सकिनेछ ।

सोमवार अमेरिकाबाट प्राप्त जोन्सन एण्ड जोन्सनको खोप ५० देखि ५५ उमेर समूहबाहेक पूर्ण र अति अशक्तरशारीरिक अपांगता भएका व्यक्ति, नेपालमा बसोवास गरिरहेका विदेशी शरणार्थी र स्वास्थ्य क्षेत्रमा आबद्ध कर्मचारीलाई लगाउने निर्णय मन्त्रालयले गरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स