24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकियो

गुल्मी । गुल्मीमा ४८ प्रतिशत धान रोपाई सकिएको छ । कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार धान खेती हुने कुल क्षेत्रफलको ४८ प्रतिशत स्थानमा धान रोपाई सकिएको हो । कृषि अर्थविद ध्रुवराज ढकालले असार ६ गते तयार पारेको तथ्याङ्कअनुसार जिल्लाभर कुल खेतीयोग्य जमिन ७५।०४१ हेक्टर रहेको छ ।

त्यसमध्ये धान खोतीयोग्य जमिन ९।२ सय ६१ हेक्टर रहेको छ । जसमध्ये ९।२५ हेक्टरमा धान खेती गर्ने गरिन्छ । असार ६ गतेसम्म ८ सय ३९ हेक्टरमा धान रोपाई सकिएको छ । जुन कुल क्षेत्रफलको ४८ प्रतिशत रहेको ढकाल बताउँछन् ।

मकै खेती गरिएको र चैते धान रोपिएको खेतहरूमा धान रोप्न बाँकी रहेको उनको भनाई छ । ‘समृद्ध प्रदेश, खुशी जनता’ नारा लिएको लुम्बिनी प्रदेशको पहाडी जिल्ला गुल्मीमा स्थानीय बीउ उत्पादन न्युन रहेको छ । धान र मकैको बीउ तराई र भारतीय बजारको भर पर्नुपर्ने अवस्था छ ।

गुल्मी उद्योग बाणिज्य संघका अध्यक्ष श्रीप्रसाद भलामीका अनुसार चामलमा गुल्मी जिल्ला २५ देखि ३० प्रतिशतको हाराहारीमा आत्मनिर्भर छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स