29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बृहत दाङ सिचाइँ आयोजनाद्वारा ३ हजार हेक्टर जमिनमा सिचाइँ

दाङ । २६ जिल्लाको ५६ हजार हेक्टर जमिनलाई सिचाइँ पुर्याउने उद्देश्यले ४ वर्षअघि दाङमा स्थापना भएको बृहत दाङ सिचाइँ आयोजनाले जिल्लामा तीन वर्षको अवधिका ३ हजार हेक्टर जमिनमा सिचाइँ सुविधा थप गरेको छ । आयोजनाले निर्माण गरेका संरचनाबाट अहिलेसम्म जिल्लाको ३ हजार हेक्टर जनिमलाई बाह्रै मासे सिचाइँ सुविधा पुर्याइसकेको आयोजनाले जनाएको छ । यसका लागि जलाशय, नहर, कुलो, लिफ्ट सिचाइँ लगायतका योजनाहरु निर्माण गरिएको छ ।

१० वर्षको कार्ययोजनासहित स्थापना भएको आयोजनाका लागि ४० अर्ब रुपैयाँ खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । आयोजना प्रमुख आचार्यका अनुसार परियोजनाले ५ वडा पक्षमा रहेर काम अघि बढाएको छ । पाँच प्रकृतिका योजनाहरु निर्माण सम्पन्न गर्दै सिँञ्चित क्षेत्र बढाइरहेको आचार्यको भनाई छ । डाइभर्सन, पानी संकलनका लागि जलासय ड्यामहरु निर्माण, बबई करिडोर लिप्ट सिचाइँ योजना, पुराना सिचाई योजनाको आधुनिकिकरण र पहाडी क्षेत्रमा मुल संरक्षण तथा पानी संकलन विधिसँग जोडिएका योजनाहरु निर्माण गरिरहेको छ ।

बृहत दाङ सिचाइँ आयोजना अन्तरगत जिल्लाका विभिन्न स्थानमा १४ वटा जलासय निर्माण भइसकेका छन् ।३० वटा प्रक्रियामा छन् । १२ वटा लिप्ट सिचाई योजना, त्यस्तै पुराना योजनाको आधुनिकीकरण लगायतका योजनाहरु गरिराखिएको छ । तीन वर्षकोे अवधिमा भएका यी योजनामा अहिले जिल्लाको सबै क्षेत्रमा गरेर तीन हजार हेक्टर जमिनमा वर्ष भरिको सिचाईको व्यवस्थापन गरिएको आचार्यले बताए । उनले अर्को वर्ष जलासयहरु पुरा हुने हुँदा १४ वटै जलासयले सिचाइँ सुविधा दिने र सिञ्चित क्षेत्रफल बढ्ने बताए ।

आयोजना मार्फत निर्माण भएका जलासय र लिप्ट सिचाइँ योजनाबाट खुख्खा ठाउँहरुमा सिचाइँको व्यवस्था भएको र बाह्रै मास सिचाईको व्यवस्थापन हुन थालेपछि अन्नबालीका साथै नगदे बाली, व्यवसायीक तरकारी खेती गरिरहेको उपभोक्ताहरुले बताएका छन् । पहिले वर्षभरी एक बाली मात्रै लाग्ने बारीमा यो वर्षदेखि बाह्रै मास सिचाइँ सुविधा भएको स्थानीय होताराम खत्रीले बताए ।

दुधरासका विष्णु प्रसाद खुलालले जलासयले सुख्खा बाँझोलाई सिचाई गरेको बताए । उनले अब स्थानीयले पनि सिचाइँको सही उपयोग बनाएर जाने समेत बताए । योजना निर्माणका केही नीतिगत समस्या रहेको र राज्यले गौरवको आयोजनाको रुपमा महत्व नदिँदा काममा समस्या परेको प्रमुख आर्चाले बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स