19.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले नयाँ सडकको ट्रयाक खोल्न रोक लगाउने

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

गोरखा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाभित्र नयाँ सडकको ट्रयाक खोल्न नपाइने भएको छ । आगामी आर्थिक वर्षबाट नयाँ सडक खन्न रोक लगाउने गरी गाउँपालिकाले नीति तथा कार्यक्रम ल्याएको छ ।

‘जथाभावी सडक खोल्दा धेरै विपत्ति निम्त्यायो, पहिरो जाने, घरहरु जोखिममा पर्ने, भइरहेका सडकमा क्षति पुग्ने जस्ता समस्या देखियो,’ गाउँपालिका अध्यक्ष विष्णु भट्टले भने, ‘त्यसैले नयाँ सडक खोल्न नदिने भनेका हौ ।’

नयाँ सडक बनाउनुको सट्टा हाल भएका सडकलाई स्तरोन्नति गर्दै लैजाने उनले बताए । नयाँ सडक खोल्नै परेमा गाउँ कार्यपालिकाको बैठक बसेर आवश्यकताको आधारमा निर्णय गरिने उनले जानकारी दिए ।

सबै टोलमा सडक पुगिसकेकाले अहिलेलाई नयाँ सडक आवश्यक पनि नदेखिएको भट्टको भनाइ छ । ‘नयाँ सडकमा रकम खर्च गर्नुभन्दा हाल भइरहेका सडकमा बाह्रै महिना सवारी सञ्चालन गर्न मिल्ने गरी नाला बनाउने, ग्राभेल तथा ढलान गरेर स्तरोन्नति गर्ने योजना बनाएका छौं,’ उनले भने गाउँपालिकाभित्रका सबै वडाको केन्द्रलाई जोड्ने सडकलाई विशेष प्राथमिकतामा राखेर स्तरोन्नति गरिने भट्टले बताए ।

 

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स