24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

चीनबाट खरिद गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो : क–कसले पाउँछन् ?

काठमाडौँ । सरकारले चीनसँग खरिद गरेको भेरोसेल खोपको पहिलो लट आइपुगेको छ । खोप लिएर नेपाल वायुसेवा निगमको वाइडबडी जहाज शुक्रबार बिहान नेपाल फर्किएको हो ।

पहिलो लटमा ८ लाख डोज खोप लिइएको बताइएको छ । खोप लिन बिहीबार चालक दलका १२ सदस्यसहित बेइजिङ उडेको वाइडबडी शुक्रबार बिहान सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सरकारले चीनको सिनोफार्म कम्पनीसँग ४० लाख डोज भेरोसेल खोप खरिद गर्ने सम्झौता गरेको थियो । सोहीअनुसार पहिलो लटमा ८ लाख डोज खोप ल्याइएको हो ।

नेपाल वायुसेवा निगमको वाइडबडी विमानले खोप बोक्ने जिम्मा पाएको छ । अब बाँकी खोपहरु क्रमशः भित्र्याइने बताइएको छ । दोस्रो लटका लागि असार ३१ गते विमान बेइजिङ जाने तालिका छ । खोप ल्याउने जिम्मा पाएको निगमले विमानको भाडाबापत सरकारबाट प्रतिघन्टा १४ हजार डलरका दरले भाडा लिने सहमति भएको जनाइएको छ ।

चीनबाट खरिद गरेर ल्याइएको कोरोनाविरुद्धको भेरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहकालाई पहिलो प्राथमिकता दिएर लगाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसपछि ५५ देखि ६० वर्ष उमेर समूहका लाई लगाउने योजना मन्त्रालयको छ । त्यसैगरी अन्य उमेर समूहका नागरिकले पनि क्रमशः खोप पाउने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स