29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

उपत्यकामा कोरोना संक्रमण निरन्तर घट्दो, स्वास्थ्य मन्त्रालय भन्छ : दोस्रो लहर टरेको छैन

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण क्रमशः घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार तीन साताअघिको तुलनामा यो साता संक्रमितको संख्या झण्डै दुई तिहाइले घटेको हो ।

जेठ १८ देखि २४ गतेसम्म काठमाडौं उपत्यकामा ९ हजार ६३८ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको थियो । जेठ २५ देखि ३१ गतेसम्म ५ हजार ९०३ मा संक्रमण पुष्टि भयो भने असार १ देखि ७ गतेसम्म थप भएको संक्रमितको संख्या ३ हजार ४५२ मात्र छ । हरेक साता थपिने संक्रमितको संख्या करिब एक तिहाइले घटिरहेको तथ्यांकले देखाएको छ ।

काठमाडौंमा जेठ १८ देखि २४ मा ६ हजार ८००, जेठ २५ देखि ३१ मा ४ हजार २४६ र असार १ देखि ७ मा २ हजार ५५२ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा भने साप्ताहिक रुपमा संक्रमित संख्या झण्डै आधाले घटिरहेको छ । भक्तपुरमा जेठ १८ देखि २४ मा १ हजार ६७, जेठ २५ देखि ३१ मा ५६२ र असार १ देखि ७ मा २९१ जना संक्रमित भेटिएका छन ।

काठमाडौं उपत्यकामा संक्रमण घट्दै जानु सकारात्मक संकेत भए पनि जोखिम टरिनसकेको मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेल बताउँछन । संक्रमण घट्दो क्रममा रहे पनि कोरोनाको दोस्रो लहर टरिसकेको भन्दा अहिले हतार हुने उनी बताउँछन । मंगलबारदेखि निषेधाज्ञा खुकुलो हुने भएकाले भीडभाड बढ्न गई संक्रमणको जोखिम बढ्ने खतरा रहेको भन्दै डा. पौडेलले स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न आग्रह गर्छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स