27.1 C
Kathmandu
Friday, September 22, 2023

जंगलि हात्तीको आक्रमणमा परि बर्दियामा एक वृद्धको मृत्यु

बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका– ८ का ७८ वर्षीय एक जना पुरुषलाई जंगली हात्तीले आक्रमण गर्दा घटनास्थलमै मृत्यु भएको छ। हिजो बुधबार दिउँसो च्याउ खोज्न जंगलतिर गएका २ जनामध्ये नरेशस्वर सापकोटालाई जंगली हात्तीले आक्रमण गरी ज्यान लिएको हो। बर्दियाको बाँसगढीको पौरखी मध्यवर्ती सामुदायिक वनभित्र हात्तीको आक्रमणबाट ज्यान गएको हो ।

मृतकको पोष्ट्रमाटमका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्रशासन र बासँगढी नगररपालिकाका प्रमुख शालीकराम सापकोटा सहितको टोली घटनास्थल गएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत असिम थापाले जानकारि दिनुभयो ।

यसअघि जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिकामा आमा छोरीको ज्यान गएको थियो। बर्दियामा राष्ट्रिय निकुञ्जबाट निस्केको जंगली हात्तीको आक्रमणबाट गेरुवा गाउँपालिका–१ की ३७ वर्षीया चन्द्रा विकको घटनास्थलमै र तीन वर्षकी छोरी दिपिकाले नेपालगञ्ज शिक्षण अस्पताल कोहलपुर उपचारका क्रममा ज्यान गुमाएका थिए।

पछिल्लो समय बर्दियामा पाटे बाघसँगै जंगली हात्तीले आक्रमण गरी स्थानीयको ज्यान लिइरहेको छ। निकुञ्ज प्रशासनले भने जंगली जनावरले आक्रमण गर्ने भएकाले मध्यवर्ती क्षेत्रका स्थानीयलाई जंगलभित्र एक्लै नजान पटकपटक आग्रह गर्दै आएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स