30.1 C
Kathmandu
Saturday, June 15, 2024
spot_img

गाउँमै गाडी पुगेपछि ओख्लेदहका स्थानीय खुसी

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

गुल्मी । गाउँमै नियमित सवारी सञ्चालन हुने भएपछि स्थानीयहरू खुसी भएका छन् । गुल्मीको मदाने गाउँपालिका–१ अग्लुङ्गको ओख्लेदहबाट नियमित सवारी सञ्चालन हुने भएपछि स्थानीय बासिन्दा निकै खुसी भएका हुन् ।

यहाँ विगत डेढ दशक पहिले मोटर बाटो खनिए पनि नियमित सवारी साधन सञ्चालन नहुँदा स्थानीयले धेरै समस्या भोग्नु परेको थियो । यहाँ मोटर बाटो उद्घाटनका समयमा मात्र गाडी आएको थियो । त्यसपछि निजी सवारी साधन मात्र चल्ने गरेको पाइएको थियो । ओख्लेदहका स्थानीयलाई सदरमुकाम तम्घास र छिमेकी जिल्ला अर्घाखाँची जानका लागि सवारी साधन चढ्न झन्डै डेढ घण्टाको पैदल हिँड्नु परेको स्थानीयहरूले बताउनुभयो ।

यहाँबाट हिँडेर बाँझकटेरी र अग्लुङ्गको सिमाना सोइरे आउनु पर्थ्यो । हिँडेर सोइरे आएपछि मात्र सवारी भेटाउने गरेको स्थानीय हुमा चन्दले बताउनुभयो । अब यहाँबाट नियमित सवारी साधन चल्ने भएपछि हाम्रो समस्याको अन्त्य हुने भएको उहाँले बताउनुभयो । ओख्लेदहबाटै सिधै सवारी साधन जिप सञ्चालन हुनुभएपछि ओख्लेदहसहित निपाने, घडेरीका स्थानीयलाई सहज हुने बताइएको छ ।

सोमबार छिमेकी जिल्ला अर्घाखाँचीको सन्धिखर्क देखि गुल्मीको ओख्लेदहसम्म पुगेको देउराली यातायातको जिप तथा जिप चालक ऋषि पाण्डेलाई स्वागत समेत गरिएको छ । यस विषयमा स्थानीयले वडाध्यक्षलाई सवारी साधन सञ्चालनका लागि आग्रह गर्नुभएको थियो । सोही अनुसार वडा अध्यक्ष सुशील चन्दसहितका जनप्रतिनिधि लगायतको पहल तथा सक्रियतामा नियमित यातायात सञ्चालन गर्न लागिएको हो ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स