24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

राष्ट्रपतिद्धारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस २५ गते सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ ।

उहाँले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही पुस २५ गते सोमबार दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संसद् अधिवेशन आह्वान गर्नुभएको हो ।

यसैबीच, सङ्घीय संसद् सचिवालयले राष्ट्रपतिबाट अधिवेशन आह्वान भएकाले उक्त, मिति, समय र स्थानमा उपस्थितिका लागि सबै संसद् सदस्यलाई सूचना जारी गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स