23.1 C
Kathmandu
Monday, June 17, 2024
spot_img

भूकम्पले बझाङमा ६ वटा घर भत्कियो, मृत्यु हुनेको संख्या ६ पुग्यो

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

बझाङ । खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर मंगलबार राति गएको भूकम्पका कारण जिल्लाका ६ घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु भएर २ बजेर १२ मिनेटमा ६.६ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पले बझाङको थलारा गाउँपालिकामा ५ र छबिसपाथिभेरा गाउँपालिकामा १ गरी ६ घर पूर्णरूपमा क्षति पुर्‍याएको छ भने ३८ घरमा आंशिक क्षति भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

भूकम्पले घर भत्किँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ​ । अरू पाँच जना घाइते भएका छन् । डोटीको पूर्वीचौकी गाउँपालिकाको वडा नं ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर छ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक भोला भट्टले जानकारी दिए ।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए ।

भुकम्पमा परी पाँच जना घाइते रहेका र उपचारका लागि अस्पताल ल्याइएको भट्टले बताए । थप उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको टोली घटनास्थल पुगिसकेको र स्थानीयसहितको टोलीले उद्धार गरिरहेको प्रहरीले जनाएको छ । स्थानीय शिक्षक मिनराज ओझाका अनुसार अधिकांश स्थानीयका घरमा क्षति पुगेको छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स