29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रौतहटको जनलहरले काँग्रेस उत्साहित छ : प्रवक्ता प्रकाशशरण महत

काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता तथा निर्वाचन प्रचारप्रसार समितिका संयोजक प्रकाशशरण महतले रौतहटमा देखिएको काँग्रेसको जनलहरका कारण काँग्रेस उत्साहित भएको बताएका छन् । सोमबार रौतहट निर्वाचन क्षेत्र नं ४ अन्तर्गत चन्द्रनिगाहपुरमा आयोजित चुनावी घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै महतले काँग्रेस गठबन्धनसहित चुनावमा होमिएर एउटा सहकार्यपूर्ण प्रयासको सुरुवात गरिएको बताए ।

महतले अहिलेको प्रयासले मंसिर ४ गते परिणाम ल्याउने उल्लेख गर्दै अहिले कति सिटमा उम्मेदवारी दिइयो भन्दा कति सिट हासिल गरियो भन्ने कुरा महत्वपूर्ण हुने भन्दै परिणमपछि यो विषय स्वतः प्रमाणित हुने उल्लेख गरे ।

उनले ओलीले रेल, पानीजहाज जस्ता सपनाको उडान भरेर देशलाई दुर्दशामा पुर्याएको उल्लेख गरे । नेपाली काँग्रेसको जोड्ने चरित्रका कारण अहिलेको गठबन्धन बन्न सफल भएको भन्दै ओली यसको ठीक विपरित भएको बताए ।

उनले संविधानलाई तहसनहस गर्ने ओलीको जगमा बनेको गठबन्धनले देशमा स्थायित्व र समृद्धि ल्याउने अभियानलाई पूरा गर्ने समेत बताए । उनले सामाजिक सुरक्षा, विकास र रोजगारीको सुनिश्चितता अबको एजेण्डा भएको बताए ।

उनले अप्ठ्यारो क्षेत्र नं ४ मा प्रतिनिधिसभाका उम्मेदवार तिमल्सिनाले २०७४ को अप्ठ्यारो समयमा समेत विजयी भएको बताउँदै आगामी निर्वाचनमा जित सुनिश्चित रहेको बताउँदै आगामी कार्यकालमा मन्त्री बन्ने समेत बताए । उनले रौतहटको विकास समृद्धि, रोजगारी र उद्योगधन्दाको विकासको लागि काँग्रेस र गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे ।

अहिले काँग्रेसबाट रौतहटमा प्रतिनिधिसभातर्फ क्षेत्र नं २ बाट मोहम्मद फिरदोस आलम तथा क्षेत्र नं ४ बाट देवप्रसाद तिमल्सिना उम्मेदवार छन् । त्यस्तै, प्रदेशसभामा रौतहट १ (क) बाट नागेन्द्र साह, १ ९ख० बाट कृष्णाप्रसाद यादव, क्षेत्र नं ३ ९ख० बाट सुनिलकुमार यादव काँग्रेसबाट प्रतिस्पर्धामा छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स