26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

प्रदेश सभा सदस्यका लागि कृष्णप्रसाद यादब चुनावी अभियानमा

रौतहट । नेपाली कांग्रेस मधेस प्रदेश सभापति कृष्णप्रसाद यादव रौतहट– १ को (ख) बाट प्रदेशसभा सदस्यको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बिहीबार रौतहटको माधव नारायण नगरपालिकामा नेता–कार्यकर्ता भेटघाट कार्यक्रममा उनले रौतहट – १ को (ख) मा सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्ने घोषणा गरेका हुन् । त्यहाँ जनताहरुसँग काँधमा काँध मिलाएर हिडने सोचले उक्त क्षेत्र रोजेको बताए ।

५ दलीय गठबन्धनद्वारा माधव नारायण नगपालिकाको – १ को दिपहीमा आयोजित चुनावी भेलामा रौतहट १ (ख) को प्रदेशसभा सदस्यमा आफ्नो उम्मेदवारी रहने सभापति यादवले बचाए । मधेस कांग्रेसले सभापति यादवलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारेर जाने तयारी छ ।

रौतहट– १ मा सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल उम्मेदवार बन्ने भएपछि प्रदेश सभापति यादव प्रदेशसभाको चुनाव लड्न भएका छन् । कार्यक्रममा गठबन्धनका विभिन्न पार्टीका नेता–कार्यकर्ताहरुको समेत उत्साहपूर्ण सहभागिता थियो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स