24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

आयोगद्धारा अर्थ मन्त्रालयसँग चुनाव घोषणापछिका रकमान्तरको विवरण माग

काठमाडौं । अर्थमन्त्रालयले बजेट वक्तव्यमा उल्लेख भएका स्वीकृत वार्षिक कार्यक्रम बाहेकमा पनि चुनाव घोषणा भइसकेपछि रकमान्तर निकासा र श्रोत सुनिश्चितता गरेको भन्दै निर्वाचन आयोगले त्यसतर्फ आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले चुनावको मिति घोषणा भएपछि अर्थात् साउन १९ गतेयता रकमान्तर र श्रोत सुनिश्चितता गरिएको छ वा छैन भन्ने बारेमा २४ घन्टाभित्र स्पष्ट पार्न र विवरण बुझाउन भनेको छ ।

स्वीकृत वार्षिक बजेट तथा कार्यक्रम भन्दा पृथक् तरिकाले नयाँ योजना तथा कार्यक्रमहरु सञ्चालन हुँदा निर्वाचनको निष्पक्षता, स्वतन्त्रता र स्वच्छतामा प्रतिकूल असर पर्ने आयोगले जनाएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स