29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

अन्डरग्राउन्ड पार्किङ खुला गर्न शुरु गर्दै पोखरा महानगर

पोखरा । पोखरा महानगरपालिकाले अन्डरग्राउन्ड पार्किङ प्रयोग गर्न आग्रह गरेको छ। महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा रहेका अन्डरग्राउन्ड पार्किङहरूलाई पार्किङ कै रूपमा प्रयोग गर्न आग्रह गरेका हुन्।

महानगरपालिकाबाट राजश्व छुट लिएर पार्किङ प्रयोजनका लागि निर्माण गरिएका बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको भए महानगरले तोकेको समयावधि भित्र हटाउन समेत भनिएको प्रमुख आचार्यले स्पष्ट पारे। ‘राजश्व छुट लिएर पार्किङ बनाउने गरी अन्डरग्राउण्ड बनाएका घरहरूमा पनि अहिले सवारी पार्किङका लागि प्रयोग भएका छैनन्। लेकसाइडमा अधिकांश घरमा प्रयोग भएको छ। तर मुख्य सहरतिर त्यसो नभएकाले हामीले एक महिना अगाडि पार्किङ प्रयोजनलाई प्रयोग गर्नुहोला भनेर सबैलाई चिठी पठाइसकेका छौ’, उनले भने, ‘हामीले अरू पालिकाले सुरू गरेपछि गरेका होइनौं एक महिना अघिनै यसको सुरूआत गरिसकेका हौ।’

पार्किङ प्रयोजनको लागि बनेका भवनमा व्यापार देखि दोहोरी पसल सञ्चालन भएपछि पोखरा महानगरले पुनः ३५ दिने सूचना जारी गरी खालि गर्न भनेको छ । ३५ दिनभित्र खाली नगरे कानुनबमोजिम कारबाही गरिने सूचनामा उल्लेख छ।

‘पोखरा महानगरपालिका क्षेत्रभित्र पार्किङ प्रयोजनका लागि नक्सा स्वीकृत गरी निर्माण भएका भूमिगत तलासहितका भवनहरूको भूमिगत तलालाई पार्किङमा प्रयोग नगरी अन्य प्रयोगमा ल्याउनुभएका घरधनीहरूलाई आजका मितिले ३५ दिनभित्र भूमिगत तलालाई खालि गरी पार्किङको रूपमा प्रयोगमा ल्याउनुहुन अनुरोध गरिन्छ । अन्यथा कानुनबमोजिम हुने बेहोरा जानकारी गराइन्छ,’ महानगरको सूचनामा भनिएको छ ।

पोखरा महानगर मेयर धनराज आचार्यका अनुसार एक महिना अगाडि नै महानगरले अन्डरप्राउन्डलाई पार्किङ प्रयोजनका लागि मात्रै प्रयोग गर्न र त्यहाँ खडा गरिएका व्यापारिक संरचना हटाउन पत्राचार गरेको थियो । तर, घरधनीले अटेर गरेका कारण महानगरले पुनः पत्राचार गरेको हो । महानगरको आग्रहलाई अटेर गरे महानगर आफैंले हटाउने र त्यसबापतको क्षतिपूर्ति समेत सम्बन्धित व्यवसायीहरूबाट असुल उपर गरिने उनको चेतावनी दिए।

‘मेनरोड भित्र अन्डरग्राउन्ड अनिवार्य छ, अन्डरग्राउन्डका लागि राजस्व छुट छ । अनुमति लिएर, छुट लिएर अन्डरग्राउन्ड सहित बनेका घरमा पनि पार्किङ प्रयोग भएको छैन । हामीले एक महिना अघि पार्किङ प्रयोजन गर्नुहोला भनेर सबैलाई चिठी पठाइसकेका छौँ,’ उनले भने, ‘उहाँहरूले नगरिसकेपछि फेरि ३५ दिनको सूचना निकालेका छौँ, त्यो समयमा हटाउनुभएन भने त्यसको खर्च पनि उहाँकै हुनेछ ।’

पोखरामा करिब २५० वटा अन्डरग्राउन्ड सहितका भवन छन्। त्यसमध्ये करिब ६० वटा भवनले मात्रै प्रयोजन अनुरूप अन्डरग्राउन्डलाई पार्किङका रूपमा प्रयोग गर्दै आएका छन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स