24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रिषिहुड युनिभर्षिटिको आयोजनामा शिक्षामा उद्यमशीलता बिषायक कार्यशाला सम्पन्न

काठमाडौं । शिक्षामा उद्यमशीलता भन्ने बिषयमा कार्यशाला सम्पन्न्न भएको छ । संस्थागत विद्यालय र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुलाई शिक्षामा उद्यमशीलता विकास गर्नका लागि तालिम दिने उद्येश्यले उक्त कार्यशाला सम्पन्न्न गरिएको हो ।

रिषिहुड युनिभर्षिटिको आयोजनामा र बचपन एजुकेशनको संयोजनमा सम्पन्न भएको उक्त कार्यशालामा संस्थागत विद्यालय र सामुदायिक विद्यालयका प्रधानाध्यापकहरु, निजी विद्यालयको छाता संगठन प्याब्सन, एन प्याब्सन, हिसान लगायतका विभिन्न संघसंस्थाहरुको उपस्थिति रहेको थियो । कार्यक्रमा रिषिहुड युनिभर्षिटिको तर्फबाट सिइयो शाहिल अग्रवाललले विद्यार्थिहरुका कसरि उद्यमशिलताको विकास गर्न सकिन्छ भन्ने विषयमा जोड दिनुभएको थियो । विल गेट्सको प्रसंग जोड्दै उहाँले विद्यालयहरुले विद्यार्थिहरुमा इन्डीपेन्डेट माइन्ड सेटको विकार गर्नुपर्ने सुझाउनुभयो ।

साथै आगामि दिनमा पनि शिक्षाका क्षेत्रमा योगदान पुग्ने गरि फरक खालका कार्यक्रम सञ्चालन गर्ने रिषिहुड युनिभर्षिटिले बताएको छ । संस्थागत र सामुदायिक विद्यालय र क्याम्पसहरुमा अध्ययनरत विद्याथिहरुको उद्यमशिलता विकास गर्नका विद्यालयहरुसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता जनाएको छ ।

कार्यक्रममा विभिन्न विद्यालयबाट उपस्थीत प्रधानाध्यापकहरुले विद्यार्थिहरुमा रहेको उद्यमशिलतालाई कसरि प्रस्तूत गर्न सकिन्छ भन्ने कुरामा छलफल चलाएका थिए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स