29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

खोटाङमा पनि भौतिक उपस्थितिमै विद्यालयमा पठनपाठन सुरु सञ्चाल

खोटाङ । कोरोना सङ्क्रमणदर केही कम हुँदै गएपछि खोटाङका स्थानीय तहले अवरुद्ध पठनपाठन भौतिक उपस्थितिमै पुनःसञ्चालनमा ल्याउन थालेका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा स्वास्थ्य सुरक्षालाई पालना गर्दै बिहान र दिउँसोको समय मिलाएर विद्यार्थीको भौतिक उपस्थितिमै नियमित पठनपाठन सञ्चालन गर्न थालेका हुन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने खोटेहाङ गाउँपालिकाले भौतिक उपस्थितिमै पठनपाठन सञ्चालनमा ल्याइसकेको गाउँपालिका प्रमुख प्रदीप राईले जानकारी दिनुभयो । सो गाउँपालिकाभित्र नौ मावि, १० आधारभुत र ३० प्रावि सञ्चालनमा छन् । शिक्षक सङ्ख्या पर्याप्त भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ५ सम्मको पठनपाठन बिहान ७ बजेदेखि १० बजेसम्म तथा कक्षा ६ देखि १० सम्मको पठनपाठन बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन सुरु गरिएको उहाँले बताउनुभयो ।

ुशिक्षक र विद्यार्थी सङ्ख्या न्यून भएको विद्यालयमा बाल शिक्षा केन्द्रदेखि कक्षा ८ सम्मको पठनपाठन बिहान १० देखि दिउँसो २ बजेसम्म सञ्चालन गर्ने व्यवस्था मिलाइएको छुु, गाउँपालिका प्रमुख राईले भन्नुभयो, कक्षा ६ देखि ८ तथा कक्षा ९ र १० को पठनपाठन भने विद्यालयको अनूकुलमा हप्तामा तीन दिन मात्र सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ ।ु

विद्यार्थी सिकाइ निरन्तरताका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीबाट प्राप्त पत्र एवं विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७८ को दफा ५ को उपदफा ४ अनुसार गाउँ शिक्षा समितिको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दैरगराउँदै पठनपाठन सञ्चालन गर्न सिफारिस गरेको थियो ।

गाउँ शिक्षा समितिको सोही सिफारिसलाई भदौ १३ गते बसेको गाउँ कार्यपालिकाको बैठकबाट अनुमोदन गरेर अवरुद्ध पठनपाठनलाई सुरु गराइएको गाउँपालिकाले जनाएको छ । हरेक बेञ्चमा दुईमात्र विद्यार्थी राख्ने र दैनिक दुई वा तीन विषयको मात्र सिकाइ सहजीकरण गर्ने व्यवस्था मिलाइएको छ ।

गाउँपालिकाले विद्यालयका प्रध्यानाध्यापकलाई दैनिक कक्षा निरीक्षण गर्ने, सहजीकरण गरिएका विषयमा अस्पष्टता भएमा इन्टरनेटका माध्यमबाट शिक्षक–विद्यार्थीबीचमा अन्तक्र्रिया गर्ने, हरेक हप्ता शिक्षक तथा विद्यार्थीको स्वास्थ्य परीक्षण गर्ने, विद्यार्थीको स्वास्थ्यमा समस्या देखिए तत्काल अभिभावकलाई खबर गर्ने वा अन्य निकायलाई जानकारी दिनेलगायतका विषयमा विद्यालय व्यवस्थापन समिति, विद्यालय प्रशासन र अभिभावकबीचमा अन्तक्र्रिया गर्ने व्यवस्था गरेको जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स