29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कक्षा १२ को परीक्षा सञ्चालन गराउन संसदीय समितिको निर्देशन

काठमाडौँ । संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिले यसअघि स्थगित गरिएको कक्षा १२ को परीक्षा सञ्चालन गराउन निर्देशन दिएको छ । आज मंगलबार बसेको समितिको बैठकले उक्त परीक्षा आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर भौतिक उपस्थितिमै गराउन निर्देशन दिएको हो ।

यसअघि गएको साउन ३१ देखि हुने भनिएको कक्षा १२ को परीक्षा कोरोना संक्रमण बढ्ने भन्दै सरकारले स्थगित गराएको थियो । तर अन्य परीक्षाहरु भने सञ्चालन भइरहेको भन्दै समितिले उक्त परीक्षा पनि रोक्न नहुने निर्णय गरेको हो ।

समितिबा आबद्ध सांसदहरुले शिक्षा मन्त्रालय र स्वास्थ्य मन्त्रालयबीच समन्वय गरेर आवश्यक मापदण्ड अपनाई उक्त परीक्षा तत्काल सञ्चालन गराउनुपर्नेमा जोड दिएका थिए । त्यसपछि समितिकी सभापति जयपुरी घर्तीले परीक्षा सञ्चालन गराउन निर्देशन दिएकी हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स