14.1 C
Kathmandu
Saturday, April 13, 2024
spot_img

उपत्यकामा जारी निषेधाज्ञा भदौ १६ सम्म लम्ब्याइयो

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

काठमाडौं । कोभिड-१९ संक्रमण कारण बैशाख १६ देखि जारी निषेधाज्ञा पुनः थप गरिएको छ । मंगलबार बसेको उपत्यकाका तीनै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा भदौ १६ गतेसम्म लम्ब्याउने निर्णय गरेका छन् ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले साबिककै निषेधाज्ञालाई अनुसरण गरिने बताएका छन् । साथै, राति ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी साधन चलाउन नपाइने नियम भने तत्कालका लागि हटाइएको उनले बताएका छन् ।

सिडिओ पराजुलीका अनुसार निजी सवारी साधनलाई कोभिड प्रोटोकल पालना गरेर चलाउन पाइने आदेश दिइएको छ । यसअघिको बैठकले गरेको निषेधाज्ञाको समय आज भदौ ८ गते सकिँदैछ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स