24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

बुढानिलकण्ठ नगरपालिकाले प्राविधिक विषय पढ्न छात्रवृत्ति प्रदान गर्ने

काठमाडौँ। बुढानिलकण्ठ नगरपालिकाले विद्यार्थीहरुलाई प्राविधिक विषय पढ्न छात्रवृत्ति दिने भएको छ । नगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक विद्यालय बुढानिलकण्ठ माध्यमिक विद्यालयमा सीटीईभीटीबाट सम्बन्धन लिई प्राविधिक धारमा ‘डिप्लोमा इन सिभिल इन्जिनियरिङ’ र ‘डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ’ कोर्षमा अध्ययन गर्न चाहने विद्यार्थीले छात्रवृत्ति पाउने भएका हुन् ।

सो नगरपालिकामा स्थायी बसोबास भएका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई प्राविधिक शिक्षामा सहयोग गर्ने मनसायका साथ मेयर छात्रवृत्ति कोटा उपलब्ध गराउन लागिएको हो ।

योग्यता पुगेका सरोकार राख्ने विद्यार्थीहरुमा स्थायी बसोवास गरेको सिफारिस र तोकिएको योग्यता पुगेको प्रमाणपत्र सहित छात्रवृत्तिमा छनोट हुन भदौ १४ भित्र नगरपालिकाको शिक्षा युवा तथा खेलकुद महाशाखामा निवेदन दिन सकिने नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स