29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गोकर्णेश्वर नगरपालिकाले बिद्यार्थिका लागि सिकाइ सहजिकरण पुस्तिका प्रकासन

काठमाडौँ । गोकर्णेश्वर नगरपालिकाले सिकाइ सहजिकरण पुस्तिका बिमोचन एवं बितरण कार्यक्रम सञ्चालन गरेको छ । आज बिहिबार गोकर्णेश्वरकै पिस ब्यांकेटमा पुर्व मन्त्रि मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा शैक्षिक क्षतिलाइ न्युनिकरण गर्ने उद्येश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

नेपालि, अंग्रेजि,गणित,विज्ञान र सामाजिक गरि मुख्य ५ वटा बिषय समाबेश गरि कक्षा एक देखि ८ सम्मका बिद्यार्थिहरु लाइ हुने गरि सिकाइ सहजिकरण पुस्तिका तयार गरिएको छ । ४५ जना शिक्षक मिलेर बनाएको उक्त पुस्तिकाबाट बिद्यार्थिहरुले नयाँ कुरा सिक्ने अबसर पाउने नगरपालिकाले बताएको छ । यो पुस्तक नगरपालिकाले निशुल्क रुपमा नेपालभर उपलब्ध गराउने भएको छ । साथै कार्यक्रममा नगरपालिकाले सिकाइ सहजिकरण पुस्तिका लेखन कार्यमा सहभागिहरुलाइ सम्मान पनि गरेको थियो ।

कोरोनाले गर्दा अन्धकार तिर धकेलिएको विद्यार्थिको शिक्षलाइ मद्यनजर गर्दे उक्त पुस्तक निकालिएको गोकर्णेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्यले बताउनुभयो । नगरपालिकासँग सहजिकरण गरेर अब चाँडै नै कक्षा ९ र १० का बिद्यार्थिका लागि पनि सिकाइ सहजिकरण पुस्तिका तयार पार्ने उहाँले प्रतिबद्धता जनाउनुभयो ।

यस्तै कार्यक्रममा बोल्दै नगर प्रमुख सन्तोष चालिसेले आफुले अरु स्थानिय तहले नगरेको काम गर्ने गरेको जानकारि दिनुभयो । सिकाइ सहजिकरण पुस्तिकासँगै स्थानिय पुस्तक पनि निकालेर पहिलोपटक कार्यन्वयनमा ल्याउन सफल भएको बताउनुभयो ।

त्यस्तै आफुले शिक्षा क्षेत्रमा धेरै काम गरेको बताउँदै प्रमुख अतिथिमा रुपमा रहनुभएका पुर्व मन्त्रि मोहन बहादुर बस्नेतले नगरपालिकाले गरेको यो काम सम्मानयोग्य रहेको बताउनुभयो । नगरपालिकाले गरेको यो शैक्षिक कार्यक्रमले बिपन्न तथा गरिब परिवारका बिद्यार्थिलाइ सहयोग पुगोस भन्ने सुभकामना दिनुभयो । साथै बिकास निर्माणका काम गर्दा गोकर्णश्वर नगरपालिकाले सधैँ मिलेर गर्ने गरेको र आगामि दिनमा पनि यो पाटि त्यो पाटि नभनि मिलेर काम गार्न नगरपालिकालाइ आग्रह गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता नगर प्रमुख सन्तोष चालिसेले गर्नुभएको थियो । त्यस्तै प्रमुख अतिथिको रुपमा पुर्व मन्त्रि मोहन बहादुर बस्नेत रहनुभएको थियो । बिशिष्ट अतिथिको रुपमा माननिय कृष्ण राइ,उपमेयर शान्ति नेपाल, प्रमुख प्रशाशकिय अधिकृत रामप्रसाद आचार्य, शिक्षा शाखा प्रमुख विजय प्रसाद आचार्य हुनुहुन्थ्यो । यो संगै ११ वटै बडाका वढा अध्यक्ष, नगर शिक्षा समितीका सदस्यहरु, युवा तथा खेलकुद विकास समितिका सदस्यहरु,सिकाइ सहजिकरण पुस्तिका लेखन कार्यमा सहभागिहरु लगायत नगरपालिकाका कर्मचारिहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

साथै अन्तरराष्ट्रिय युवा दिवसको अवसर पारेर गोकर्णेश्वर नगरपालिका र युवा तथा खेलकुद साखाको आयोजनाका रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको थियो ।

 

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स