29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कुलप्रसाद केसी नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका नेता कुलप्रसाद केसी नियुक्त हुनुभएको छ । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता रहनु भएका केसी बिहीबार मुख्यमन्त्रीमा नियुक्त हुनु भएको हो ।

उहाँलाई लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्रीमा नियुक्त गराउनु भएको हो । उहाँलाई मुख्यमन्त्री बनाउन बिहीबार बिहान लुम्बिनी प्रदेशका ४२ सांसदहरुले हस्ताक्षर गरेर प्रदेश प्रमुख सेरचनलाई बुझाएका थिए ।

बुधबार मात्रै निवर्तमान मुख्यमन्त्री शंकर पोखरेलले आफूबिरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावमाथि चलिरहेको विशेष अधिवेशन कै क्रममा राजीनामा दिनु भएको थियो । त्यसपछि माओवादी केन्द्रका संसदीय दलका नेता केसीले मुख्यमन्त्रीको दावी गर्नु भएको थिायो ।

नेपाली काँग्रेस र नेकमा माओवादी केनद्रले यसअघि नै ८्८ महिना प्रदेश सरकारको नेतृत्व गर्ने सहमति गरेका थिए । ८ महिनापछि काँग्रेसले मुख्यमन्त्री पाउनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स