24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

शिक्षा सेवा शुल्क विद्यार्थीको हितमा प्रयोग गर्न आग्रह

काठमाडौँ । नेपाल शैक्षिक परामर्श सङ्घ इक्यानले वैदेशिक अध्ययनका लागि जाने विद्यार्थीले बुझाएको शिक्षा सेवा शुल्कवापतको रकमलाई विद्यार्थीको हितमा व्यवस्थापन गर्न आग्रह गरेको छ ।

वैदेशिक अध्ययनका लागि जाने नेपाली विद्यार्थीले अनिवार्यरूपमा नेपाल सरकारलाई दुई प्रतिशतका दरले शिक्षा सेवा शुल्कवापत रकम बुझाउँदै आएका छन् ।

नेपाल सरकारले आव २०७८÷७९ को बजेटमा विदेशी शैक्षिक संस्थामा शिक्षण शुल्क बुझाइसकेका तर विविध कारणबाट यात्रा नगरेका विद्यार्थीको हकमा उनीहरुले शिक्षा सेवा शुल्कवापत बुझाएको रकम फिर्ता पाउने घोषणा गरेको छ ।

आगामी साउन १ गतेदेखि यो व्यवस्था कार्यान्वयनमा आउन लागेकामा आफूहरु खुशी भएको इक्यानका महासचिव दीपकराज भुसालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स