29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोना रोकथामसंगै विकास निर्माणका काम रोकेका छैनौंः दूधपोखरी गाउँपालिका अध्यक्ष

कोरोना संक्रमणले देश थलथलि छ । अहिले अधिकांश जिल्लाहरुमा निषेधाज्ञा गरिएको छ । संक्रमणलाई चेन ब्रेक गर्न केहि पालीकाहरु सिल भएका छन् । केहि स्थानिय तहले संक्रमण रोकथाममा नमुनायोग्य कार्यको सुरुवात पनि गरेका छन् भने केहिले त आफ्नै पहलकदमिमा खोप ल्याउने खाका कोरिसकेका छन् । कोरोना संक्रमण रोकथाम र विकास निर्माणका कामका सन्दर्भमा के के भइरहेको छ भनेर लमजुङको दूधपोखरी गाउँपालिकाका अध्यक्ष छुपीमाया गुरुङसंग पालिका टीभिले गरेको कुराकानिको सारसंक्षेपः

कोरोना संक्रमणको अवस्था कस्तो रहेको छ ?

कोरोना संक्रमणको संख्या संख्यात्मक रुपमा धेरैनै छ । तर, अवस्था भयावह छैन । हालसम्म हाम्रो पालीकामा ४१ जनामा संक्रमण देखिएको छ । उहाँहरु होम आइसोलेसनमै हुनुहुन्छ । अक्सिजनको सहायता लिनुपर्ने विरामीहरु हुनुहुँदैन । अधिकांश निको भएर घर फर्किनुभएको छ । वडावडामा स्वास्थ्यकर्मीहरुले गएर कोरोना परिक्षण गर्नुहुन्छ ।

संक्रमण रोकथाममा के के गर्दै हुनुहुन्छ ?
संक्रमितहरुको लागि १५ शैयाको अक्सिजन सहित शैयाको व्यवस्था मिलाएका छौं । आइसोलेसन बेड बनाइएको छ । त्यसका लागि जिल्ला प्रशासन कार्यालयसंग समन्वय गरेका छौं । अहिलेसम्म स्थानिय प्रशासनले ६ वटा अक्सिजनका लागि आवश्यक पर्ने सिलिण्डरहरु उपलब्ध गराउनुभएको छ । अफ्ठेरो प¥यो भने संक्रमितहरुलाई सहजै राख्न सकिन्छ । यस्तै,वडा वडामा गएर रुघाखोकि, पखालाका औषधि पनि वितरण गरिसकेका छौं । कतिपयलाई ती औषधिले पनि निको भए । आइसियूमा राख्नुपर्ने अवस्थाको सृजना भएको छैन । पछिल्लो लहरमा संक्रमणबाट मृत्यु चाहिँ भएको छैन ।

आर्थिक वर्ष सकिदैंछ, विकास निर्माणको काम कसरि अघि बढाउनुभएको छ ?
पालीकाले विनीयोजन गरेको बजेटले विकास योजनाका कामहरुलाई अघि बढाइएको छ । काममा रोकावट छैन । अहिले पालिकालाई सिल गरेर राखिएको छ । तर, विकास निर्माणका कामहरुलाई रोकेका छैनौ । शैक्षिक सत्र बन्द छ, योजनाका काम भइरहेका छन् । जिल्ला प्रशासनसंगको समन्वयमा विकासका कृयाकलाप भइरहेका छन् । बजेट फ्रिज हुन नदिने गरी काम गरिरहेका छौं । सेवाप्रबाह भौतिक दुरी सहित गरेका छौं ।
अन्त्यमा केहि भन्न चाहानुहुन्छ ?
सबै जोगीऔं । संक्रमणबाट जोगिन यथासम्भव सबै लागि परौं । रोग सकभर लाग्दै नलागोस । संक्रमण रोकथाममा भौतिक दुरी पालना गरौं । सबैमा रोगसंग लड्ने क्षेमता बढोस ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स