29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

रोकथाम र उपचार हाम्रो प्राथमिकता

अहिले देश कोरोना संक्रमणको चपेटामा छ । गाउँ गाउँ सम्म संक्रमण फैलिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याकं अनुसार एक लाख भन्दा बढी संक्रमित होम आइसोलेसनमा छन् । संक्रमण रोकथामदेखि उपचार प्रकृयामा स्थानिय पालीकाको भूमिका अग्रणि हुने गर्छ । यसैसन्दर्भमा काठमाडौं उपत्यकाबाट नजिकै रहेको ललितपुर महाङ्काल गाउँपालिकाका अध्यक्ष रामचन्द्र दाहालसंग पालिका टिभिले गरेको कुराकानिको सारसंक्षेपः


अहिले यस पालीकामा संक्रमणको अवस्था कस्तो छ ?
हाल पछिल्लो अवस्थामा पालिकामा मात्रै ६० देखि ६५ जनामा संक्रमण देखिएको छ । मुख्यतः गाउँ–गाउँमा संक्रमण फैलिदों क्रममा छ । हालसम्म यस पालीकामा मात्रै तीन जनाको संक्रमणबाट मृत्यु भयो । मलाई पनि अहिले संक्रमण भएको छ । होम आइसोलेसनमा सातदिन देखि छु ।

संक्रमण रोकथामका लागि अस्पताल, पूर्वाधारको अवस्था कस्तो छ ?
संक्रमण रोकथाममा हामी सक्दो लागि परेका छौं । सरोकारवाला निकायहरुसंग पनि बेलाबखत संक्रमण रोकथाम सन्दर्भमा छलफल गर्छौ । पालीका मार्फत् संक्रमितलाई संक्रमण अबधि १४ दिनसम्म पुग्ने औषधि र स्वास्थ्य सामाग्रीको व्यवस्थापन मिलाएका छौं । अहिले १६ शैया अक्सिजन सहितको अस्पताल सञ्चालनमा ल्याएका छौं । २० शैयासम्म सञ्चालन गर्न सकिन्छ । यस्तै, स्वास्थ्य मन्त्रालयको समन्वयमा अक्सिजन भर्दै आएका पनि छौं । हामी कहाँ १४ वटा जति सिलिन्डर रहेको छ । रोकथाम र उपचार हाम्रो प्राथमिकता हो ।

कोरोना परीक्षण पनि हुन्छ ?
हामी कहाँ दुइ वटा ल्याव रहेको छ । कोरोना परीक्षण पनि हुने गरेको छ । वडा वडामा गएर कोरोना परीक्षण गर्ने व्यवस्था गरेका छौं ।
अक्सिजन प्लान्टको पनि व्यवस्था गर्नुभएको छ ?
हामीले संक्रमितको उपचारका लागि कुनै कसर बाकिँ राखेका छैनौं । अभाब नखड्किने गरी लागेका छौं । २५ जना संक्रमित त उपचार पाएर घर फर्किनुभएको अवस्था पनि छ । कन्सेन्ट्रेन्टर पनि हामि कहाँ छ ।

विकास निर्माणका कामहरु कसरी अघि बढ्दैछन् ?

विकास निर्माणको काम अन्तिम चरणमा छन् । केहि भ्याइदैंन की भन्नेछ । विश्व महामारीले ग्रस्त छ । पहिलो प्राथमिकता भनेको छिटो कोरोना नियन्त्रण गर्ने र सबै बाँचौ भन्ने हो । हामी अहिले सबै संक्रमितको उपचारमा तल्लीन छौं ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स