30.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

कृष्णपुर नगरपालिकामा अति विपन्न २२१ जनालाई रोजगार

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका अति विपन्न २२१ जनाले रोजगार पाउने भएका छन् । फारम भरेका ९१२ मध्ये नगरपालिकाको रोजगार सेवा केन्द्रमा २२१ जना छनौट गरी वडामा पठाइएको रोजगार संयोजक रमेश भट्टले जानकारी दिए ।

उनले छनौटमा परेकाको लिष्ट पठाएर प्राथमिक योजनाको स्टेटमेन्ट तयार गरी काममा लगाउने बताए । प्राथमिकिकरण योजना अन्तर्गत सडक, यातायात, खानेपानी, वन तथा वातावरण, पर्यटकीय क्षेत्रमा जाने रोड, सामुदायिक वनको लागत साझेदारी अनुसार वनमा भेसवायर जाली, पोखरी निर्माणजस्ता काम हुने उनले बताए ।

लिष्ट तयार गरेर योजना भन्छौं, सोही आधारमा छनौटमा परेकाले काम गर्नुपर्ने हुन्छ,’ उनले भने । चालु आर्थिक वर्षका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नगरपालिकामा १ करोड २७ लाख रकम पठाएको उनले बताए । १०० प्रतिशत बजेट ज्यालामा भुक्तानी हुने उनको भनाइ छ ।

गत आर्थिक वर्षमा झण्डै २ करोड बजेट आए पनि कोरोनाका कारण काम नहुँदा ४० प्रतिशत बजेटमात्र खर्च गरिएको उनको भनाइ छ । गत वर्ष २८५ जना छनौटमा परेका थिए । छनौटमा परेका व्यक्तिले एक सय दिनसम्म वडामा हुने सडक, नाली निर्माणमा काम गर्नुपर्ने र सो बापत एक जनालाई दैनिक ज्याला ५७७ रुपैयाँ दिइने रोजगार सेवा केन्द्रका सवईन्जिनियर दिपा पन्तले बताइन् ।

छनौटमा परेका व्यक्तिमध्ये कोही अनुपस्थित भए फारम भरेका मध्येबाट २२२ देखि गणना गरी रिक्त स्थानमा पुनः छनौट गरिने उनले बताइन् ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स