29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

देशभर थप २८० जनामा कोरोना संक्रमण, २ जनाको मृत्‍यु, ३६६ जना संक्रमणमुक्त

काठमाडौं। पछिल्लो २४ घण्टामा थप २८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

९ हजार १ सय ६८ जानाको पीसीआर परीक्षण गर्दा २५५ र ३ हजार ६ जनाको एन्टीजेन परीक्षण गर्दा २५ जना गरी २८० जनामा कोरोजना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ जनाको मृत्‍यु भएको छ भने ३६६ जना निको भएका छन् ।

यस्तै काठमाडौं उपत्यकामा १४६ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा १००, ललितपुरमा ३१ र भक्तपुरमा १५ जना संक्रमित भेटिएका छन् ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स