29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

काठमाडौं जिल्लामा मंसिर १७ देखि पुस २ सम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गरिने

काठमाडौं । जिल्ला निर्वाचन कार्यालय काठमाडौंले मंसिर १७ गतेदेखि पुस २ गतेसम्म मतदाता नामावली संकलन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।आइतबार काठमाडौंमा अन्तरक्रिया कार्यक्रम गर्दै जिल्ला निर्वाचन कार्यालय काठमाडौंले मंसिर १७ गते देखि पौष २ गतेसम्म नामावली संकलन कार्यक्रम गर्ने जानकारी दिएको हो ।

जिल्ला निर्वाचन कार्यालय काठमाडौंका प्रमुख ठाकुरप्रसाद भट्टराईले पहिलो चरणमा पालिकाको केन्द्रमा नामावली संकलन गरिने बताए । उनले मंसिर १७ गतेदेखि पौष २ गतेसम्म दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, चन्द्रागिरी नगरपालिका, नागार्जुन नगरपालिका र तारकेश्वर नगसपालिकामा मतदाता नामावली संकलन गरिने जानकारी दिए ।

पौष ४ गते देखि पौष १८ गतेसम्म टोखा न।पा।, बूढानीलकण्ठ न।पा।, गोकर्णेश्वर न।पा। र कागेश्वरी मनोहरा न।पा।मा दोस्रो चरणमा नामावली संकलन गरिने बताए ।

अन्तरक्रिया कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालले नामावली संकलन कार्यमा आवश्यक शान्तिसुरक्षाको प्रवन्ध गरिने बताउदै १८ वर्ष उमेर पुगेका व्यक्तिको मतदाता नामावली संकलन गरिने हुदाँ सबैलाई सहयोग गरिदन आग्रह गरे ।

हाल जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र ईलाका प्रशासन कार्यालय साँखुमा फोटो सहितको मतदाता नामावली संकलन कार्य निरन्तर रुपमा सञ्चालन भइरहको छ । २०७७ साल पौष ५ गतेसम्म देशभर कूल १ करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता रहेका छन् भने काठमाडौं जिल्लामा ६ लाख १३ हजार ४ सय ९७ मतदाता रहेको जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स