29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट भारतमा पनि फेला, नेपाल पनि उच्च जोखिममा

काठमाडौँ । दक्षिण अफ्रिकामा पत्ता लागेर युरोपेली देश तथा हङकङ लगायत देशमा फैलिएको कोरोनाको ओमिक्रोन भेरिएन्ट भारतमा पनि फेला परेको छ । तीव्र संक्रामक र घातक देखिएको यो भेरिएन्टले थप त्रास सृजना गरेको छ । नेपालसँगको खुल्ला सिमानाको कारण भारतमा देखिएको उक्त नयाँ भेरिएन्टबाट नेपाल पनि उच्च जोखिममा परेको छ ।

नयाँ भेरिएन्ट देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तर्राष्ट्रिय हवाइ उडानको समीक्षा गर्न र नियन्त्रणका लागि कडाइ गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् । दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवालले पनि पुनः हवाइ उडानमा कडाइ गर्नुपर्ने बताएका छन् ।

यो नयाँ भेरिएन्टको संक्रमण भएमा हाल प्रचलनमा रहेका कोरोना विरुद्धका खोपले समेत काम नगर्नसक्ने बताइएको छ, तर यसबारे थप अनुसन्धान हुन बाँकी छ ।

कोरोना नयाँ भेरियन्ट देखिएपछि अफ्रिकादेखि यूरोपेली राष्ट्रमा हलचल मच्चिएको छ । नयाँ भेरियन्ट अहिले सुरुकै चरणमा रहेको भन्दै विश्व स्वास्थ्य संगठनले दक्षिण अफ्रिकाका सबै प्रान्तमा भेरियन्टबाट सङ्क्रमित मानिसको सङ्ख्या बढ्दै गएको बताएको छ ।

डब्लूएचओका अनुसार यो भेरियन्ट नोभेम्बर ९ मा सङ्कलित नमुनामा पहिलो पटक फेला परेको थियो । पहिलाका उत्परिवर्तनभन्दा अहिले पुष्टि भएकाले उत्परिवर्तनहरु थप घातक छन् कि छैनन् भन्ने स्पष्ट तथ्य भने आइसकेको छैन । यस्तै छिमेकी मुलुक भारतले अफ्रिका र हङकङबट प्रवेश गर्ने यात्रुलाई निगरानी राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स