Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b0c4f9-53a8b.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
बैंकबाट ऋण काढेर खेती गरेका कञ्चनपुरका किसान मर्कामा - Palika TV
Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b0c4f9-53a8e.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349

Warning: mysqli_query(): (HY000/1021): Disk full (/tmp/#sql-temptable-38efa1-b0c4f9-53a8f.MAI); waiting for someone to free some space... (errno: 28 "No space left on device") in /home3/palikatv/public_html/wp-includes/class-wpdb.php on line 2349
22.1 C
Kathmandu
Sunday, May 26, 2024
No menu items!
spot_img
No menu items!

बैंकबाट ऋण काढेर खेती गरेका कञ्चनपुरका किसान मर्कामा

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

कञ्चनपुर । अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन् ।

खेतबारीमा लगाइएको बाली बाढीले तहसनहस पारेपछि कर्जा लिएका किसानलाई बैंकको ब्याज बुझाउन समस्या भएको छ । बैंकबाट कर्जा लिएर किसानले तरकारी, केरा र उखुखेती गरेका थिए । “बाढी र डुबानग्रस्त क्षेत्रका साना किसानले लिएको ऋणको सावाँ ब्याज मिनाहा गरिनुपर्छ”, किसान महासङ्घका सचिवालय सदस्य खेम सुवेदीले भने, “सावाँ ऋण ७५ प्रतिशत मिनाहा र ब्याज पूरै मिनाहा हुनुपर्छ ।”

बाढीका कारण क्षति व्यहोरेका किसानलाई बाली लगाउन एक प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने उनको माग छ । किसानको मनोबल उच्च राख्नका लागि फलफूल, उखु, तेलहन र तरकारी बालीको क्षतिपूर्ति यथाशिघ्र उपलब्ध गराउनुपर्ने सुवेदी बताउँछन् ।

हिउँदे बाली लगाउन मल, खाद, बीउबिजन र आवश्यक सामग्रीको विशेष प्याकेज ल्याई पूरै अनुदानमा उपलब्ध गराएमात्रै किसानलाई राहत पुग्ने उनको भनाइ छ ।

बाली नोक्सानी हुँदा खाद्यान्न सङ्कट निम्तिने किसान बताउँछन् । क्षतिको विवरण सङ्कलन, राहत र क्षतिपूर्ति तथा हिउँदे बालीका लागि किसानलाई आवश्यक सामग्री निःशुल्क तथा अनुदानमा उपलब्ध गराउनुपर्ने उनीहरुको माग छ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स