28.1 C
Kathmandu
Thursday, September 21, 2023

भेरोसेलको दोस्रो डोज लगाउने मिति अझै टुङ्गो लागेन

काठमाडौं। एक महिना अघि चीनबाट नेपाल आएको ४४ लाख डोज भेरोसेल खोपको पहिलो मात्रा देशैभरका सबै जिल्लामा असोज ४ देखि १४ गतेसम्म दिइएको थियो । तर,अहिलेम्म कुनै पनि जिल्लामा भेरोसेलको दोस्रो डोज लगाउने मिति तोकिएको छैन ।

मन्त्रालयका स्वास्थ्य सेवा विभाग खोप शाखा प्रमुख डा।सागर दाहालले भने खोपको वितरण गर्ने अधिकार जिल्ल्ला स्वास्थ्य कार्यालयलाई दिएकाले जिल्लाले आफ्नो प्राथमिकता र अनुकूलका हिसाबले १४ गतेसम्ममा दोस्रो मात्रा दिन सक्ने बताउनुभयो ।

नेपालमा उपलब्ध उक्त खोपको म्याद तत्काल नसकिने भएका कारण केही दिन ढिला हुँदैमा आत्तिनु नपर्ने उहाँले बताउनुभयो । सामान्यतया पहिलो डोज खोप लगाएको चार हप्तापछि दोस्रो डोज लगाउन मिल्ने भनिए पनि एक–दुई हप्ता ढिलो हुँदैमा खोपले शरीरमा पार्ने प्रभावमा कुनै फरक नहुने उहाँको भनाइ छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स