29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

तलब नपाएपछि बेनी अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलित

काठमाडौं । बेनी अस्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि बन्ध भएको छ ।

तीन महिनादेखि तलब नपाएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आन्दोलनमा उत्रिएपछि स्पतालको आकस्मिक बाहेकको सेवा बुधबारदेखि ठप्प भएको हो ।

६४ बेडको सुविधा दिइरहेको अस्पतालले तलब नदिएपछि औषधि उपचार र प्रशासनिक काम ठप्प पारेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारी आकस्मिक कक्ष अगाडि धर्ना बसेका छन् ।

उनीहरुले बहिरंग, प्रयोगशाला, आँखा उपचार, एक्सरेलगायत औषधि उपचारसम्बन्धी सेवाका साथै प्रशासनिक काम ठप्प पारेका हुन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स