26.1 C
Kathmandu
Monday, April 22, 2024
spot_img

सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माणका लागि २ करोड दिने बागमती प्रदेश सरकारको निर्णय

[the_ad id="4647"] [the_ad id="4648"] [the_ad id="4649"]

हेटौँडा । बागमती प्रदेश सरकारले बाढीपहिरोबाट प्रभावित भएका सिन्धुपाल्चोक र नुवाकोटमा पुनर्निर्माण तथा पुनस्स्थापनाका लागि दुई करोड रकम दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट रकम दिने निर्णय गरेको हो ।

मन्त्री शाक्यका अनुसार अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार पाँच सय र नुवाकोटका लागि अस्थायी आवास निर्माणका लागि सात लाख ६५ हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापनसमितिहरूलाई उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकले २०७७ जेठदेखि बाढीपहिरोलगायत मनसुनजन्य विपद्का घटनाहरूबाट क्षति पुगेका नीजि घर परिवारहरूलाई सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रतिपरिवार अधिकतम १० हजारसम्म वितरण गर्ने निर्णय गरेको छ ।

मन्त्री शाक्यका अनुसार सिन्धुपाल्चोक जिल्लामा जम्मा लाभग्राही ३६६ जनाको ३६ लाख ६० हजार र दोलखा जिल्लालाका पनि ९३ जनाको ९ लाख ३० हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराइनेछ ।

[the_ad id="4652"] [the_ad id="4657"] [the_ad id="4660"]

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

[the_ad id="3905"] [the_ad id="3907"] [the_ad id="3908"] [the_ad id="3909"] [the_ad id="3910"] [the_ad id="3911"]

हेडलाइन्स