26.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

चौँरीदेउराली गाँउपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने

काभ्रे। काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकाले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । यसका लागि जनप्रतिनिधि, कर्मचारी, शिक्षक, उद्योगी, व्यवसासी, बुद्धिजीवी र रोजगारीका सिलसिलामा विदेशमा रहेकाबाट रकम सङ्कलन अभियान अगाडि बढाइएको छ ।

गाउँपालिकाका अध्यक्ष दीननाथ गौतमका अनुसार अभियानमा हालसम्म करिब ७० लाख सङ्कलन भइसकेको छ । उहाँले गाउँपालिकामा अक्सिजनको अभाव हुन नदिन प्लान्ट स्थापना गर्ने अभियान अगाडि बढाएको बताउनुभयो । चौँरीदेउराली–५ स्थित धुसेनी शिवालय प्राथमिक अस्पतालमा प्लान्ट बनाउन लागिएको हो ।

अहिले सो प्लान्टको निर्माणका लागि रु एक करोड ३७ लाखमा ठेक्का आह्वान भइसकेको र सम्झौतापछिको दुई महिनाभित्रमा निर्माण भइसक्ने उहाँले बताउनुभयो । प्लान्टबाट दैनिक २५ देखि ३० सम्म सिलिन्डर भर्न सकिने जनाइएको छ ।

गाउँपालिकाले गरेको आग्रहअनुसार अहिले सहयोगीदाताबाट रकम जम्मा हुने क्रम जारी रहेको गाउँपालिकाले जनाएको छ । यसका लागि गाउँपालिकाले एनसीसी बैंकमा रहेको ग.५.१ स्थानीय तह विविध कोषको खाता नं १४४०००००२६३०१ मा सहयोग रकम जम्मा गर्न आग्रह समेत गरेको छ । सहयोग गर्ने दाताको नाम शिलालेखमा बनाइने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स