24.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

जुम्लाका किसानलाई आधुनिक कृषि औजार वितरण

जुम्ला। कृषि विकास कार्यालय जुम्लाले किसानहरुलाई ३३ लाखको कृषि औजार सामग्री वितरण गरेको छ । कृषि खेतीमा किसानलाई सहज बनाउन औजार वितरण गरिएको कृषि विकास कार्यालय जुम्लाका कार्यालय प्रमुख बालकराम देवकोटाले जानकारी दिनुभयो।

परम्परागत औजारले समय धेरै लाग्ने र उत्पादन कम हुने भएकाले बजारमा भित्रिएका नयाँ र आधुनिक औजार वितरण गरिएको हो । कृषि कर्मलाई सजिलो गर्ने उद्देश्यले कृषि औजारहरु वितरण गरिएको कार्यालय प्रमुख देवकोटाले बताउनुभयो । सो कार्यालयबाट ३२ थ्रेसर मेशिन, २२ हाते ट्र्याक्टर, ७८ सेट कटिङ मेशिन, दुई पावर ट्रिलर र दुई लिप्ट पम्पसेटसहितका आजार वितरण गरिएको कृषि कार्यालयले जनाएको छ ।

किसानहरुलाई आवश्यक पर्ने कृषि औजारहरु वितरण गरिएको सो कार्यालयका वरिष्ठ कृषि अधिकृत खेमराज शाहीले बताउनुभयो । खनजोतका लागि सजिलो गराउन किसानहरुलाई हाते ट्र्याक्टर उपलब्ध गराइएको छ ।

जुम्लामा उत्पादन हुने स्याउ बिक्री गरेर बचेमा चाना बनाउने उपकरण पनि किसानहरुलाई हस्तान्तरण गरिएको छ । कृषि क्षेत्रको विकास र सिँचाइको सुविधा उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४१ वटा सिँचाइ आयोजना कार्यालयबाट निर्माण हुने कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स