29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

सप्तरीको जिता नदीको तटबन्ध भत्किँदा १५० घर डुवानमा

सप्तरी । सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–५मा जिता नदीको पश्चिमी तटबन्ध भत्किँदा १५० घर डुबानमा परेका छन् भने दुईवटा घर भत्किएका छन् ।
मङ्गलबार बिहान उक्त वडास्थित पश्चिमी तटबन्ध भत्किएको हो । बिहानैदेखि जिता नदीमा पानीको बहाब उच्च थियो ।

गाउँपालिकाको विपद् व्यवस्थापन शाखा प्रमुख राजेशकुमार झाका अनुसार तटबन्ध भत्किएर नदी बस्तीतर्फ सोझिएको छ । जिताको पानी खंग टोल, सरदार टोल र राम टोलका १ सय ५० घरमा पसेको छ । उहाँका अनुसार दुईवटा घर भत्किएका छन् ।

बस्तीमा पानी पसेपछि स्थानीय बासिन्दा त्रसित छन् । उनीहरूलाई पशुचौपाया र सम्पत्ति जोगाउन मुस्किल रहेको छ । बाँध भत्किएर बस्तीतर्फ सोझिएपछि गाउँपालिका अध्यक्ष सतीशकुमार सिंहसहितको टोली प्रभावित बस्ती पुगेको छ । अध्यक्ष सिंहले प्रभावितहरूको व्यवस्थापनका लागि तत्काल काम सुरु गरिएको बताउनुभयो । उहाँले क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स