29.1 C
Kathmandu
Saturday, July 27, 2024
spot_img

गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडान गरिँदै

गोरखा । भौगोलिक रुपमा विकट रहेको गोरखाको चुमनुव्री गाउँपालिकाका प्रत्येक घरमा धारा जडानको काम भइरहेको छ । गण्डकी प्रदेश सरकारको उर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय अन्तर्गत रहेको खानेपानी तथा सरसफाइ डिभिजिन कार्यालय गोरखाले उक्त गाउँपालिकाका प्रत्येक घरधुरीमा धारा जडानको काम गरिरहेको छ ।

गण्डकी सरकारको एक घर एक धारा अभियान अन्तर्गत उत्तरी क्षेत्रको घरघरमा धारा जडानको कार्य थालिएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय गोरखाका प्रमुख तुलसी बस्नेतले बताउनुभयो । केही आयोजना सम्पन्न भइसकेको र केही निर्माणाधीन अवस्थामा रहेको उहाँले जानकारी दिनुभयो ।

चुमनुव्री गाउँपालिका–१ सामागाउँमा २ करोड २ लाख खर्चेर खानेपानी आयोजना निर्माणको काम भइरहेको छ । लक्षित घरधुरी संख्या १ हजार ६० रहेको छ । १ सय ४० घरमा धारा जडान भइसकेको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार चुमनुव्री गाउँपालिकाको वडा नम्बर २, ३, ४, ५ र ६ लाई लक्षित गरी बृहत खानेपानी आयोजना निर्माणको काम पनि भइरहेको छ । आयोजनाको कुल लागत ६ करोड ८९ लाख रहेको कार्यालय प्रमुख बस्नेतले बताउनुभयो । आयोजनाबाट ६ सय १० घरधुरी लाभान्वित हुनेछन । चालु आर्थिक वर्ष २०७९÷८० मा आयोजना सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

घरघरमा धारा जडान भएर पानी आउन थालेपछि उत्तरी गोरखाका स्थानीय पनि दंग छन ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स