21 C
Kathmandu
Wednesday, September 27, 2023

सोमबारदेखि १४ लाख नागरिकलाई अस्ट्राजेनिका खोप लगाउने तयारि

काठमाडौँ । सरकारले सोमबारदेखि अस्ट्राजेनिका खोप दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयका अनुसार पहिलो मात्रामा कोभिशिल्ड खोप लगाएर दोस्रो मात्राको खोपको पर्खाइमा रहेका १४ लाख जना नागरिकलाई यो खोप दिइने भएको हो ।

साउन २५ गते अर्थात भोलि देखि अस्ट्राजेनिका खोप अभियान सुरू हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागका निर्देशक तारानाथ पोख्रेलले जानकारि दिनुभएको छ । कोभिशिल्ड खोप पहिलो मात्रा लगाएर दोस्रो मात्राको प्रतिक्षामा रहेकालाई अस्ट्राजेनिका खोपको दोस्रो मात्रा दिने स्वास्थ्य मन्त्रायलयको तयारी छ ।
दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने विभागले जनाएको छ । भुटान र जापान सरकारबाट कोभ्याक्स सुविधामार्फत प्राप्त गरेको अस्ट्राजेनिका खोप बिरामी र वैदेशिक रोजगारीमा जानेहरूलाई पनि लगाइने भएको छ ।

वैदेशिक रोजगारी, अध्ययन र अन्य प्रयोजनका लागि विदेश जाने व्यक्ति, मृगौलाले काम नगरी डायलाईसिस गर्नुपर्ने र गरेका व्यक्ति, अंग प्रत्यारोपण गरेका व्यक्ति तथा अर्बुद रोगका बिरामीलाई प्राथमिकताका साथ दोस्रो मात्रा सुनिश्चित हुने गरी खोप लगाइने विभागले जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स